काठमाडौंमा ७ ट्याक्सी चालक कारबाहीमा, जनही ३ हजार रुपैयाँ जरिवाना

Post Thumbnail

असोज ३,काठमाडौँ । शुक्रबार काठमाडौंमा ७ जना ट्याक्सीचालक कारबाहीमा परेका छन् ।

मिटरमा जान नमान्ने, यात्रुलाई ठगी गर्ने, बढी भाडा लिने र फ्लोरिसेन्ट ज्याकेट नलगाएको भन्दै उनीहरूलाई महानगरिय ट्राफिक प्रहरी महाशाखाले कार्बाही गरेको हो ।

ट्याक्सी चालकलाई जनही ३ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

शुक्रबार नै प्रहरीले ट्याक्सी चालकले मिटरमा जान नमाने ट्राफिक प्रहरीको फोन नम्बर १०३, ४२१९६४१ एवं हेलो सरकार कक्षको ४२ ११ ०८७ र ९८५११४५०४५ मा खबर गर्न अनुरोध गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस